बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

यातायातका नयाँ प्रमुख साह माथि ड्राईभर गुरुङ्गको षड्यन्त्र सुरु, कर्मचारीहरु पिडित बन्दै

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २५, २०८१ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
यातायातका नयाँ प्रमुख साह माथि ड्राईभर गुरुङ्गको षड्यन्त्र सुरु, कर्मचारीहरु पिडित बन्दै
Rampam
3D Education Lahan

रंजित चौरसिया,

वीरगंज २५ चैत्र। यातायात व्यवस्था कार्यालय वीरगंजमा रहेका करारका ड्राईभर शम्भु गुरुङ्गले नयाँ कार्यालय प्रमुख आएका कुशेश्वर साहलाई असफल पार्न षड्यन्त्र सुरु गर्न लागेको समाचार प्राप्त हुन आएको छ । ड्राईभर गुरुङ्गले तत्कालिन कार्यालय प्रमुखहरुलाई असफल बनाउदै अन्नतः भ्रष्ट प्रवृतिका प्रमुख कमलराज गौतमलाई वीरगंज कार्यालयमा भित्रियाउने प्रपञ्च रच्दै आए पनि हालसम्म असफल हुदै आएका छन् । ड्राईभर गुरुङ्गको भ्रष्ट प्रवृति र बदमाशीको बारेमा मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयलाई थाहा भए पछि मन्त्री कौशल किशोर रायले गुरुङ्गलाई मन्त्रालयमै तानेका थिए । गुरुङ्गले मन्त्रालयमा हाजिर भए पछि मन्त्रालयमा नबस्ने र बिना बिदा स्वीकृत सम्पर्क बिहिन रहेको भन्दै यातायात कार्यालय वीरगंजलाई पत्र पठाई कारवाही गरी जानकारी गराउन निर्देशन दिएको स्रोतले जनाएको छ । तर सो पत्रलाई बेवास्ता गर्दै नवआगन्तुक प्रमुख कुशेश्वर साहले हालसम्म कुनै किसिमको कारवाही अगाडि नबढाएको स्रोतले जनाएको छ । गुरुङ्गले करिब २५ वर्ष अगाडि यातायात कार्यालय वीरगंजमा आई भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउदै आफ्नो ड्राईभर पदमा करारमा नियुक्ती गराउन सफल भएकोले उनी अप्रत्यक्ष रुपमा कार्यालय प्रमुखको भुमिकामा रहदै आएका थिए ।

गुरुङ्गले करारको ड्राईभर पदमा नियुक्ती लिए पनि चारै तिरको सेटिङ्गको नाममा करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिएका छन् । वीरगंज यातायातमा बसेर आफ्ना आफ्न्त र नातेदारहरुको नाममा अकुत सम्पत्ति जोडन सफल भए पनि नियमनकारी निकायले हालसम्म उनलाई छुन सकेको छैन् । चितवन जिल्ला निवासी गुरुङ्गले आफ्ना नातेदारहरु चितवन जिल्ला निवासी संदिप मगर, गोरखा जिल्ला निवासी सुरज पाठक र धरान जिल्ला निवासी सुमन मगरलाई बिना नियुक्तीको आफु सँगै राख्ने गरेको र उनीहरुलाई बिचौलियाको रुपमा प्रयोग गर्दै आएका थिए ।

गुरुङ्ग जस्तो परिपक्क ड्राईभर र उनका नातेदारहरु जस्तो बिचौलिया मधेश प्रदेशमा योग्य नदेखिएको कारण जुन कार्यालय प्रमुख आउँदा उनीहरुकै सल्लाह अनुसार हिडेर कार्यालयलाई भ्रष्टाचारको अँखडा बनाउदै आए पनि निवर्तमान कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले गुरुङ्गले बस्दै आएका कार्यालयको कोठाबाट बाहिर डेरा सारी कार्यालयमा केही हदसम्म सुशासनको अनुभुति दिलाउने प्रयास गरेका थिए । कर्णको सो प्रयासलाई गुरुङ्गबाट पिडित कर्मचारीहरु हर्षित भएका थिए । मधेश प्रदेश मन्त्रालयबाट ड्राईभर शम्भु गुरुङ्गले यातायात कार्यालय वीरगंजमा हालसालै आए पछि पुनः कर्मचारीहरुमा त्रास फैलिएको र कार्यालय पुनः बदनाम हुने सम्भावना बढदै गएकोले कर्मचारीहरु चिन्तामा परेका छन् ।

गुरुङ्गबाट पिडित एक कर्मचारीका अनुसार नवआगन्तुक प्रमुख साह विरुद्ध गुरुङ्गले आफ्नो मन मिल्ने कर्मचारीहरु सँग मोर्चाबन्दी गर्न लागेका छन् । नयाँ प्रमुख साहलाई विश्वासमा लिएर गल्ती गर्न लगाउने र आफु अनुकुल काम नभए षड्यन्त्र गरी फँसाउने अन्नतः कमलराज गौतमलाई नै वीरगंज यातायात कार्यालयमा ईन्ट्री गराउने गुरुङ्गको योजना रहे पनि मन्त्रालयले कार्यालयलाई बदनाम हुन नदिन र सेवाग्रहीहरुलाई सुशासनको अनुभुति दिलाउनमा चनाखो भई वीरगंज कार्यालयलाई हेरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]