काठमाडौ - जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रामनमीको शुभकामना व्यक्त गरेका छन।

देशभरका विभिन्न शक्तिपिठ र राम मन्दिरमा आदर श्रद्धा , विधिपुर्वक पुजा अर्चनाअ र अनुष्ठान गर्नु हुने सम्पूर्ण श्रदालुहरुमा शुभकामना व्यक्त गरेको हो।

यस पर्वले मर्यादा पुरुषोत्तम श्री रामको जीवन चरित्र अनुशरण गरि आदर्श समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै देशमा भौतिक मुल्यमान्यता कर्तव्य निष्ठा तथा शुद्ध आचरण स्थापित गरि समाजलाई नयाँ दिशा प्रदान गरोस भने कामना गर्दै सम्पूर्ण देशवासीमा रामनवीको शुभकामना व्यक्त गरेका छन।

मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् ।” चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । 

38cabb6b-66a4-4c8e-afac-0f55fda7458b