बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन
Rampam
3D Education Lahan

सिरहा । लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंह शुक्रबार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।

“हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आयश्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ”, उनले भनिन्, “नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पोष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।

अस्मिताजस्तै वडाका ३४ जना गर्भवती तथा १८ जना सुत्केरीले शुक्रबार पोष्टिक आहारसहितको पोषण सामग्री पाएका छन् । ती समाग्रीमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाविनलगायत खाद्यान्न सामग्री रहेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विन्देश्वर चौधरीले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षदेखि नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई ‘रोटेसन’का आधारमा प्रत्यक महिनाको २२ गतेका दिन वितरण गरिन्छ ।

नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई पोषण प्याकेज वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले उनीहरु स्वास्थ संस्थामा नियमित जाँग गर्नथालेको अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने शिशु स्वास्थ होस भन्ने चाहनाले सुत्केरी तथा गर्भवतीलाई पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । उनले भने, “सुत्केरी अवस्थामा अतिविपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यसमेतमा समस्या हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

नगरपालिकाभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि पोषण ‘प्याकेज’को यस कार्यक्रमलाई निरन्तरता दिईने नगरप्रमुख चौधरीको भनाइ छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]