बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
Rampam
3D Education Lahan

जनकपुरधाम - मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि ‘मधेश प्रदेशको सञ्चार क्षेत्रका समस्या पहिचान अध्ययन समिति’ गठन गरिएको हो ।

मन्त्रालयका सचिव उद्वव प्रसाद रिजालको संयोजकत्वमा गठित समितिमा आम सञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बञ्जारा, टेलिभिजन प्रतिनिधि विष्णु कुँवर, रेडियो प्रतिनिधि उपासना तिवारी, बानका प्रतिनिधि आशीक अन्सारी, पत्रपत्रिका क्षेत्रका शंकर साह, महासंघ महिला उपाध्यक्ष ज्योति झा, महासंघ धनुषाका अध्यक्ष पुरन साह र सञ्चारिका समूहकी यमुना खनाल सदस्यका रूपमा रहेका छन् ।

समितिको मुख्य उद्देश्य मधेश प्रदेशको सञ्चार क्षेत्रको वर्तमान अवस्थाको विश्लेषण, पत्रकार र मिडिया संस्थाहरूले भोगिरहेका प्रमुख चुनौतीहरूको पहिचान, प्रेस स्वतन्त्रता तथा मिडिया नैतिकताको मूल्याङ्कन, राजनीतिक तथा आर्थिक प्रभावको परीक्षण, डिजिटल मिडिया प्रविधिहरूको अपनत्वको जाँच तथा नीति सुधार र क्षमता विकासका लागि सुझाव तयार गर्नु हो ।

बैठकमा गृहमन्त्री लेखीले मधेश प्रदेशको सञ्चार क्षेत्रमा गहिरो संकट रहेको र धेरै मिडिया संस्थाहरू आर्थिक, संरचनात्मक तथा नीतिगत समस्याका कारण धरासायी अवस्थामा पुगेको बताए । उनले भने, ‘हामी मिडिया क्षेत्रको वर्तमान अवस्था बुझेर संकटमा रहेका सञ्चार माध्यमलाई कसरी पुनःउत्थान गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अघि बढिरहेका छौं । समितिले गहिरो अध्ययन गरेर स्पष्ट सुझाव दिनेछ । म त्यसलाई कार्यान्वयन गर्न हरसम्भव प्रयास गर्नेछु ।’

समितिले मिडिया पेशेवर, सरकारी अधिकारी, नागरिक समाज तथा जनतासँग अन्तर्वार्ता, सर्वेक्षण र फोकस ग्रुप छलफलमार्फत प्राथमिक डाटा संकलन गर्नेछ । साथै, मिडिया नीतिहरू, कानुनी ढाँचा, वित्तीय मोडल, तालिम तथा शिक्षा कार्यक्रमहरूको मूल्याङ्कन पनि समितिको कार्यक्षेत्रमा पर्छ ।

समितिलाई अध्ययन सम्पन्न गर्नका लागि एक महिनाको समय दिइएको छ । यस अवधिमा समितिले कार्य योजना सहित प्रारम्भिक प्रतिवेदन, मस्यौदा प्रतिवेदन र अन्ततः निष्कर्ष तथा सिफारिससहितको अन्तिम प्रतिवेदन पेश गर्नेछ ।

बजेट व्यवस्थापन अन्तर्गत अनुसन्धानकर्ताहरूको पारिश्रमिक, कार्यशाला र बैठकहरूको खर्च, यात्रा व्यवस्थापन तथा डाटा संकलन र विश्लेषणका लागि आवश्यक उपकरणहरू उपलब्ध गराइनेछ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]