साथै बिमस्टेक राष्ट्रका समकक्षीहरुसँग उहाँले छलफल गर्नुभएको थियो। प्रधानमन्त्री ओलीको भ्रमण दलमा उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना छन्।
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
काठमाडौं : बिमस्टेक सम्मेलनमा सहभागी हुन थाल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। ओली नेतृत्वको प्रतिनिधि मण्डल आज दिउँसो स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली चार दिनअघि बैंकक गएका थिए । बैंककमा रहँदा ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरे। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता पनि गरे।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्