रामएकवाल राम
दोहा - नेपाल आदिवासी जनजाति महासंघ कतारको दसौं महाधिवेशन सुरु भएको छ।
कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष गेल्जे शेर्पाको प्रमुख आतिथ्यमा तथा संघ कतारका अध्यक्ष डिन मगरको सभापतित्वमा दशौ महाधिवेशन सुरु भएको हो।
“पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशिकरणको लागि, आदिवासी जनजाति अभियान, मुकुम्लुङ लगायत समस्त पहिचान आन्दोलनमा पुर्ण एक्यबद्धताको लागि महाधिवेशन" भन्ने मुल नाराका साथ दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको उपस्थितिमा दशौ महाधिबेशन सुरु भएको हो।




















