बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जनकपुरधाममा चैती छठको अवसरमा भक्तजनको भीड

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २१, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जनकपुरधाममा  चैती छठको अवसरमा भक्तजनको भीड
Rampam
3D Education Lahan

धनुषा  । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । 

छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरूलाई विशेष रूपमा सजाइएको छ । भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायत विभिन्न फलफूल लिएर सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् । छठको पूजा पोखरी तथा नदीमा मात्र गरिन्छ । यो पर्व कात्तिक र चैत महिनामा गरी वर्षमा दुईपटक जनकपुरधाम क्षेत्रमा मनाइने परम्परा रही आएको छ । 

पौराणिक कथनअनुसार, आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । त्यसैगरी महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूलाई पराजित गर्न सूर्यदेवको उपासना गर्दै छठ पर्व मनाएको उल्लेख पाइन्छ । जनविश्वासअनुसार छठ पर्व मनाउँदा दुःख (क्लेसबाट) मुक्ति पाइने, सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने, तथा पारिवारिक सुख-शान्ति कायम रहने विश्वास गरिन्छ। यस कारण श्रद्धालुहरू भक्तिभावपूर्वक यो पर्व मनाउने गर्छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]