काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंलाई हाजिर हुन नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कमलादीस्थित कार्यालयमा नगर प्रहरी उतारेका छन् ।
तीन महिनापछि हाजिर हुन आउन लागेका उनलाई कुनै हालतमा छेक्ने योजनासहित बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको ठूलो टोली पार्किङ एरियाको गेटमा तैनाथ गरेका हुन् ।




















