लहान - जनता समाजवादी पार्टी ( जसपा ) नेपालको भातृ सङ्गठान प्रेस मञ्च नेपाल सिराहको दोस्रो अधिवेशन सप्पन्न भएको छ।

बुधबार सिरहाको लहान स्थित माखनभोग होटलको सभाहलमा महेश सिंहको अध्यक्षतामा २१ सदस्य सहितको नयाँ कार्यसमिति चयन भएको हो।

कार्यसमितिको उपाध्यक्षमा रामसेवक राम अर्का उपाध्यक्ष विजय कुमार यादव , सचिव मोहम्मद रहमुल राईन, सह सचिव मिना मण्डल अर्का सहसचिव हेमन्त कुमार दास,कोषाध्यक्षमा विनिता कुमारी चौधरी चयन भएको हो।

त्यस्तै कार्यसमितिको सदस्यमा चन्दु चौधरी , बलिराम यादव, खेम रन्जन यादव, हेम प्रसाद पासवान ,मनोज कुमार( मन्जय) आसेस कुमार साह,जय नारायण यादव, प्रजवल चौधरी ,शत्रुधन महतो रहेका छन।

सिरहाबाट प्रेस मञ्च नेपालको प्रदेशमा तर्फ शितल साह, जितेन्द्र सिंह दनुवार , ओम प्रकाश यादव,शम्भु यादव, आशिष् कुमार साह अभरेन्द्र यादव र कासिन्द्र यादवलाई चयन गरेको हो।

प्रेस मञ्च नेपालको केन्द्रिय तर्फ सिराहाबाट विरेन्द्र कुमार यादव, विनोद मण्डल ,जितेन्द्र मण्डल , सन्जु दास,प्रेम शिला यादव र निरज यादवलाई चयन गरेका छन।

प्रेस मञ्च नेपाल सिराहाका अध्यक्ष जितेन्द्र सिंह दनुवारको सभापतित्वमा सप्पन्न अधिवेशनमा जसपा नेपालको केन्द्रिय सचिव सुरेश मण्डलको प्रमुख आतिथ्यता तथा  प्रेस मञ्च नेपालका केन्द्रीय का.वा.अध्यक्ष मनाेज यादव, प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र यादव लगायत विभिन्न जिल्लाका पत्रकार नेताहरुको उपस्थित रहेको थियो।