काठमाडौं । नेपालका डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एकै वर्षमा २० करोड डलरले बढेको छ ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार सन् २०२५ मा चौधरीको कुल सम्पत्ति २ अर्ब डलर पुगेको छ । सन् २०२४ मा उनको नेटवर्थ १ अर्ब ८० करोड डलर रहेकोमा एक वर्षको अवधिमा २० करोड डलरले बढेको पाइएको हो ।

उनी विश्वका धनाढ्यहरूको सूचीमा चौधरी १ हजार ७६३औँ स्थानमा उक्लिएका छन् ।चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन् भने नेपालका एक मात्र डलर अर्बपति पनि हुन्। नबिल बैंक र वाइवाइ उत्पादक सीजी फुड्समा उनको बहुमत सेयर स्वामित्व छ।

लोकप्रिय ‘वाई वाई’ चाउचाउ भारत, सर्बिया, बंगलादेशमा उत्पादन हुन्छ भने इजिप्टमा पनि कारखाना निर्माणको चरणमा छ। यसबाहेक उनको आम्दानी सीजी ग्रुपकै होटलहरुबाट समेत आउँछ । होटलतर्फ यसले १४३ वटाको स्वामित्व र अन्य सम्पत्ति व्यवस्थापन पनि गरेको छ ।