रामएकवाल राम
दोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एव संघका पूर्वअध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएको छ।
विहिबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा संयोजक घलेले कसैले साथ दिए पनि न दिए पनि तोकिएकै मिति मे ३ देखि ५ सम्म संघको महाधिवेशन गराएर छाडछु बताउनु भयो।
आफूले विश्वका विभिन्न देशहरूको भ्रमण गरेर छलफल र अन्तरक्रिया गरेको उल्लेख गर्दै सबैको सुझावबाट आफू उत्साहित भएको बताए।हामीले एनसीसीहरुलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरेका हौँ । यस्तो राम्रो परमादेश आएको छ कि सायद अब यस्तो परमादेश कहिल्यै नआउला उनले भने यसबाटै नयाँ र सुधारिएको एनआरएनए बनाउँछौँ । अब चुनौती छैन हामीले यसलाई अवसरको रुपमा लिनु पर्छ।

संघका पुर्व अध्यक्ष एव उच्चस्तरीय समितिका सदस्य विनोद कुवरले सर्वोच्चको फैसला टेकेर तयार गरिएको कार्यविधि अनुरुप एकताको महाधिवेशन तयारी भईरहेको बताए।
संघका अध्यक्ष राजेन्द्रकुमार शर्माले सर्वोच्च अदालतको परमादेश अनुसार क्रियाशील उच्चस्तरीय समितिले एकताको महाधिवेशनका लागि मे ३–५, २०२५ मा काठमाडौँमा मिति तोकिसकेको छ । शर्माले अदालतको परमादेशलाई बेवास्ता गर्न नमिल्ने बताउँदै सबैलाई सहमतिमा आउन आग्रह गरे ।
गैर अवासिय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

















