काठमाडौँ I प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गर्नुभएको हो ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध सुरु गरेपछि  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्षसँग समय माग गरी विपक्षी दलहरूको तर्फबाट नेकपा एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसालले कार्यकारी निर्देशक पदबाट घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सभा चल्न नसक्ने बताउनुभयो