सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलगी हुँदा १५ लाख बढीको क्षति भएको छ ।

स्थानीय सोम प्रसाद आचार्यले गाईगोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाईगोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए

आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा र शरीरको केहि भाग जलेपछि घाइते भएको प्रहरी प्रवक्ता बस्नेतले बताए । उनका अनुसार आगलगीबाट भैंसीको पाडा १ वटा र बाख्रा २ वटा समेत जलेको छ ।

ईलाका प्रहरी कार्यालय कंचनपुरको टोली, स्थानियबासी र सशस्त्र प्रहरीको सहयोगमा आगलगी करिब १२ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।