बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रिंकु सदा बलात्कार करण : पञ्चायती गर्ने वडासदस्य नथुनी साह कारागार चलान

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत १३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
 रिंकु सदा बलात्कार करण : पञ्चायती गर्ने वडासदस्य नथुनी साह कारागार चलान
Rampam
3D Education Lahan

सिरहा - सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पञ्चायती गर्ने एक जना कारागार चलान भएका छन् । सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार पठाउने आदेश दिएको श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए । यसैगरी, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ ।

पोखरेलका अनुसार, स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जना गरी ६ जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग भएको हो । अपहरण तथा बलात्कारका मुख्य आरोपित नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडिदिएको छ ।

यस्तै, स्थानीय रामविनोद मण्डल र कमलेश दासलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश भएको श्रेस्तेदार पोखरेलले जानकारी दिए । यस घटनामा अपहरण तथा बलात्कारका आरोपित दुई नाबालक र घटना गाउँमै मिलाउन पञ्चायती गर्ने ८ जना गरी दस जना अझै फरार छन् ।

उनीहरुका नाममा कानुन बमोजिम म्याद जारी हुने सिरहा जिल्ला अदालतले जनाएको छ । रिंकु माघ २७ गते साँझ शौच गर्न घरछेउको खेततिर जाँदा स्थानीय तीन जनाबाट बलात्कृत भएकी थिइन् । कपडा च्यातिएको, शरीरमा माटो लागेको अवस्थामा भोलिपल्ट बिहान ४ बजे मात्रै उनी घर आइपुगेकी थिइन् ।

पेट समातेर रोइरहेको देखेर आमाले सोधखोज गर्दा आफू बलात्कृत भएको उनले सुनाएकी थिइन् । शौच गरिरहेका बेला अचानक आरोपितहरु आएर शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको र नमान्दा करेसाबारीमा लगी पालैपालो करणी गरेको उनले बताएकी थिइन् ।

गाउँमा हल्ला भएपछि पीडितलाई प्रहरीमा पठाउनुको साटो मिलाउन गाउँमै पञ्चायती गरिएको थियो । करिब ३० स्थानीयको सहभागितामा बसेको पञ्चायतीले आरोपितले एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय सुनाएको थियो ।

तर, आरोपितले दिने रकम पनि पञ्चायतीका अगुवाले आपसमा बाँडचुँड गर्न खोजेका थिए भने पैसा तिर्न आरोपित बीचमै विवाद भएको थियो । विवाद भएर घटना थप जटिल बन्न पुगेको र छिटो मिल्न पीडक पक्षबाट तारन्तर धम्की आइरहेको अवस्थामा रिंकु माघ ३० गते साँझ आफ्नै घरमा भुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

तर, इलाका प्रहरी कार्यालय, लहानले यस घटनामा अपहरण तथा बलात्कारका मुख्य आरोपित एक जनाविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लिएको थियो । घटनाबारे समाचार आएपछि बल्ल प्रहरीले ८ जनाविरुद्ध शरीर बन्धक, जबर्जस्ती करणी, लेनदेन मिलापत्र र आत्महत्या दुरुत्साहन गरी चार कसुरमा पूरक जाहेरी लिएको थियो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]