काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुतला जलाएको हो।
विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ ।

















