बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

खगेन्द्र सुनारको स्टाटस , भ्रामक ,गलत रहेको, - जसपा नेपाल

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ११, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
खगेन्द्र सुनारको स्टाटस , भ्रामक ,गलत  रहेको, - जसपा नेपाल
Rampam
3D Education Lahan

काठमाडौ :- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि खगेन्द्र सुनारले वा उनको नामवाट सामाजिक सञ्जालमार्फत् लगाइएको आरोप अत्यन्तै गलत, भ्रामक, रहेको बताएको छ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जात-जातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्। 

जनता समाजवादी पार्टी, नेपालले मधेशी, दलित, मुश्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत इत्यादि वर्ग र समुदायको पक्षमा उभिएर जातीय विभेदको अन्त्य, समानता, अधिकार, पहिचान र जातीय मुक्तिको लागि सदियौंदेखि सङ्घर्ष गर्दै आएको इतिहास साक्षी रहेको निजि सचिवालयले जनाएको छ। विज्ञप्तिमा भनिएको छ सम्पूर्ण उत्पीडित जात-जातिको अधिकारका लागि जसपा नेपाल सदैव प्रतिबद्ध रहेको छ।'

दलित अधिकारकर्मी खगेन्द्र सुनारले अध्यक्ष यादव र पार्टीप्रति अनावश्यक लाञ्छना लगाएको आरोप विज्ञप्तिमा छ। यो क्षणिक लाभका लागि गरिएको त्यहाँ भनिएको छ।

क्षणिक लाभका लागि सामाजिक सद्भाव र सहिष्णुता भाँड्ने, व्यक्ति र सङ्गठनको चरित्र हत्या गर्ने तथा समाजमा एक आपसमा घृणा फैलाउने उद्देश्यले प्रेरित भई नियोजित ढंगले प्रचार गरिएको छ विज्ञप्तिमा भनिएको छ। उक्त प्रायोजित र मिथ्या आरोपमा कुनै सत्यता नरहेकोले यस्ता आरोपको हामी खण्डन गर्दछौँ।' आरोप पुष्टि गर्न चुनौतीसमेत विज्ञप्तिमार्फत दिइएको छ। 

यसअघि सिराहाको औरही गाउँपालिकामा महायज्ञ लगाउन भनेर दलितको घर भत्काएको आरोप लागेकाहरूलाई रिहा गर्न आइतबार (हिजो) जसपा नेपालका सिराहा अध्यक्ष अशोककुमार यादवसहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई  ज्ञापनपत्र बुझाउँदै पालिका अध्यक्षसहित प्रहरी नियन्त्रणमा रहेकाहरूलाई रिहा गर्न माग गरेका थिए।

यसपछि दलित अधिकारकर्मी खगेन्द्र सुनारले 'दलितलाई छोएर देखाऊ' भन्दै चुनौती दिएका थिए। उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सिरहाका गापा अध्यक्ष शिवजी यादवलाई रिहा नगरे दलित बस्तीमा आगो लगाउने धम्की दिएको छ।

यसपछि अध्यक्ष यादवको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै त्यो पुष्टि गर्न चुनौती दिएको हो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]