रामएकवाल राम
दोहा :- मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम गरेको हो।
आईतवार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्वमा तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा वृहत् इफ्तार कार्यक्रम गरेको हो।

कार्यक्रममा मौलाना मोहम्मद गुलाब नबमीले कुरान पाकको तिलावत वाचनबाट सुरुवात गरेको थियो भने नेपाली राष्ट्रिय गान पछि कार्यक्रमको औपचारिकता पाएको थियो।
दोहामा स्थापित वैचारिक संगठन, विभिन्न प्रदेश, सामुदायिक र जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधिहरुको तथा मुस्लिम समुदायका ( रोजा) उपासना बस्ने वर्तालुहरुको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो।
संस्थाका उपाध्यक्ष मोहम्मद कलाम खानले स्वागत मन्तव्यद्वारा स्वागत गरेको कार्यक्रमलाई समाप्न गर्दै सभापति मोहम्मद नियाज शेखले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा हामी सम्पुर्ण नेपाली समुदायको भाईचारा माया सद्भाव कायम रहोस भन्ने बताउदै कार्यक्रममा उपस्थित भएर गरिमा बढाईदिनुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै समाप्न गरेका थिए।संस्थाका महासचिव तेजिलाल मण्डलले कार्यक्रमको सहजीकरण गरेको थियो।

















