बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको बर्सौ बर्ष देखि दबाएको घटना सार्वजनिक

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत १०, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको बर्सौ बर्ष देखि दबाएको घटना सार्वजनिक
Rampam
3D Education Lahan

विनोद मण्डल

लहान- सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल भित्र शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।

बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयरमा राखेर लिफ्ट हुँदै बाहिर निकाले। उनलाई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो, जहाँ अहिले अक्सिजनको सहायतामा उनको उपचार भइरहेको छ।स्वास्थयकर्मी सीमाका श्रीमान् दीपेन्द्र सिंह भन्छन् – “अस्पतालमै कार्यरत डा. विजय चौधरीले सीमा माथि पटक–पटक मानसिक यातना दिए।

प्रशासनलाई धेरैपटक मौखिक तथा लिखित रूपमा गुनासो गर्‍यौं, तर कुनै कारबाही भएन। यसकै कारण मेरी श्रीमती डिप्रेसनको शिकार भइन्।”अस्पतालमा सीमा न्यायको खोजीमा रहँदै आएकी थिइन्। तर प्रशासनले गुनासो सुने पनि बेवास्ता गरेको सीमाका परिवारजनको आरोप छ।शनिबार अस्पतालको माथिल्लो तलामा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा अस्पताल सञ्चालक समिति का पदाधिकारीहरूबीच छलफल भइरहेकै बेला डा. सीमा अचानक कुर्सीबाट ढलिन्। केहीबेर उनी बैठक कक्षकै टेबलमा अचेत अवस्थामा रहिन्।

नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरी भन्छन् – “अहिले यस विषयमा केही भन्न सकिन्न, अन्तिम निष्कर्षपछि मात्रै जानकारी दिइनेछ।”सीमाको परिवारजनका अनुसार अस्पताल प्रशासन प्रमुख अभिषेक रोशन लाई बारम्बार जानकारी गराइएको थियो। तर, अहिलेसम्म प्रशासनले कुनै ठोस निर्णय गरेको छैन।

नेपाल र भारतमा समेत प्रख्यात सगरमाथा चौधरी आँखा अस्पताल मा महिला कर्मचारीमाथि हुने दुव्र्यवहार र मानसिक यातनाका घटनाहरू बाहिर आउनुले अस्पतालको साखमाथि गम्भीर प्रश्न खडा भएको छ।डा. विजय चौधरीले सीमामाथि कस्तो व्यवहार गरे? उनले कस्तो मानसिक तनाव दिए? किन अस्पताल प्रशासनले मौनता साध्यो? यी प्रश्नहरूको उत्तर दिन अस्पताल नेतृत्व अझै मौन छ। तर, पीडितको परिवार भने न्याय खोज्दै छ।अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याउने कि ढाकछोप गर्ने? अब सबैको ध्यान यतैतिर छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]