रामएकवाल राम
दोहा :- ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा वैचारिक सङ्गठनहरुले संयुक्त रुपमा वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको छ।
शनिबार दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले संयुक्त रुपमा वृहत् ईफ्तार कार्यक्रमको आयोजन गरि सम्पन्न गरेको हो।

मौलाना नाजिर मिया जनाबले कुरान पाकको तिलावत वाचनबाट शुभारम्भ गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानसँगै कार्यक्रमको सुरुवात गरेको थियो।
आयोजक संस्थाहरु मध्ये नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलिको सभाअध्यक्षता तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा इफ्तार कार्यक्रम सम्पन्न भएको हो । गैरआवासिय नेपाली संघ कतारका सचिव सन्तोष क्षेत्री वैचारिक संगठन, विभिन्न प्रदेश, सामुदायिक र जिल्ला संस्थाका प्रमुखहरू तथा प्रतिनिधिहरुको तथा मुस्लिम समुदायका ( रोजा) उपासना बस्ने वर्तालुहरुको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो।

कार्यक्रममा उपस्थित प्रवासी नेपाली मंच कतारका कार्यवाहक अध्यक्ष मोहम्मद अफसर अलि खानले स्वागत मन्तव्यद्वारा स्वागत गरेको थियो। प्रवासी नेपाली एकता मञ्चको तर्फबाट पदम गिरीले सहजीकरण गरेको कार्यक्रमलाई समाप्न गर्दै सभाध्यक्ष मोहम्मद अजिज अलिले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा हामी सम्पुर्ण नेपाली समुदायको भाईचारा माया सद्भाव कायम रहोस भन्ने बताउदै कार्यक्रमको गरिमा बढाईदिनुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै समाप्न गरेका थिए।


















