बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जनमत सहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ९, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जनमत सहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
Rampam
3D Education Lahan

काठमाडौ । जनता समाजवादी पार्टी नेपालमा नेपाली कांग्रेश, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका शिर्ष नेतृत्वसहित विभिन्न पार्टीका करिब २०० बढी नेता कार्यकर्ता प्रवेश गरेका छन।

लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा फूलमालाले स्वागत गरेका छन्। विभिन्न प्रतिगामी शक्तिको षड्यन्त्रले गर्दा पार्टी टुटफुटको शिकार भएपनि लुम्बिनी प्रदेशमा जसपा नेपाल झन् बलियो भएर अघि बढ्न सफल भएको छ।

जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ र जनमतकै कार्यकारिणी समिति सदस्य निलम यादवसहित जनमतको टीम जसपा नेपाल प्रवेश गरेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका स्थानीय प्रभावशाली नेताहरुको समूहले समेत आ–आफ्नो पार्टी परित्याग गरी जसपा नेपाल रोजेका छन्।पहिचानको मुद्दा, समानुपातिक समावेशीकरण, सामाजिक न्याय र समग्र राष्ट्रको नेतृत्वदायी भूमिकाको लागि एकमात्र विकल्प जसपा नेपाल भएको प्रतिक्रिया दिदै उनीहरु अध्यक्षको हातबाट टिका लगाएर पहिचान र अधिकारको मुद्दामा सक्रिय भएर लाग्ने बचनबद्धता जाहेर गरेका छन।

जनताको मुद्दाप्रति स्पष्ट र अडिग भएर अघि बढेको जसपा नेपालमा पछिल्लो समय अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेको संख्या झन् बढदो छ। खास गरी सरकारले बलजफ्ती ल्याउन खोजेको भूमि सम्बन्धि अध्यादेश राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै त्यसको विरुद्धमा उभिएपछि जनताबीच जसपा नेपाल एउटा विश्वाशिलो र बलियो शक्तिको रुपमा स्थापित भएको हो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]