सिराहा -  सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।

सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

सिरहाको औरही गाउँपालिका–५ मा महा यज्ञ आयोजना गर्न भन्दै दलित परिवारको घर भत्काइएको विषय संसद सम्म पुगेपछि प्रजिअ लाई फिर्ता बोलाइएको हो।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समय लिएर उक्त विषय उठाएको थियो। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दलित समुदायमाथि भइरहेका हत्या, हिंसा तथा विभेदका घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।