बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सिरहाको औरही घटना दलित उठिबास समाचार भ्रामक, मल्लिककै सहमतिमा घर सारिएको स्थानीयको भनाई

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ८, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहाको औरही घटना दलित उठिबास समाचार भ्रामक, मल्लिककै सहमतिमा घर सारिएको स्थानीयको भनाई
Rampam
3D Education Lahan

बिनोद मण्डल / शितल साह 

सिराहा- सिरहा जिल्लाको औरही गाउँपालिकामा दीपक मल्लिकलाई जबरजस्ती उठिबास गरिएको भनी सामाजिक सञ्जाल र केही मिडियामा फैलिएको समाचार भ्रामक र तथ्यहीन भएको पुष्टि भएको छ। मल्लिक आफैँले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो घर सराइ सहमति र खुशीका साथ भएको जानकारी दिएका छन।

मल्लिकका अनुसार उनी बसेको पुरानो घर कृषि बजारीकरण अन्तर्गत पर्ने जग्गामा रहेको हुँदा पालिकाले वैधानिक प्रकृया अनुसार पटकपटक गरि ३ पटक सूचना दिई सहमति लिएर वैकल्पिक व्यवस्था गरिएको हो। उनले भने, “गाउँको सरसमाजको सहमति, मेरो मंजुरीमा नै घर सारिएको हो। अहिले म सन्तुष्ट छु।

उनका अनुसार घर रहेको जमिनको माटो भगवान विष्णुको महायज्ञ निम्ति बनाइँदै गरेको मूर्तिकै तल राखिएको छ। उनले कुनै पनि छुवाछुतको व्यवहार नभएको स्पष्ट पारे। नयाँ घरका लागि आफूले केही जायज मागहरू राखे पनि, अहिलेको व्यवस्थाप्रति आफू खुसी रहेको बताए।

स्थानीयवासीहरूले पनि मल्लिकलाई उठिबास गरी माटो फालेको भन्ने समाचारको खण्डन गर्दै, यो सबै विपक्षीहरूको राजनीतिक प्रतिशोध मात्र भएको जनाएका छन्। यस विषयमा संसदमा आवाज उठाएका सांसदहरूलाई समेत स्थलगत अनुगमन गरी सत्य तथ्य सदनमा प्रस्तुत गर्न आग्रह गरेका छन्।

औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले पत्रकार सम्मेलनमार्फत आफू कसैप्रति अन्याय नगरेको स्पष्ट पारे। उनले कृषि बजारीकरणका लागि ३ करोड २५ लाख विशेष अनुदान आएको जानकारी दिँदै, मल्लिककै सहमतिमा सिरहा हुलाकी सडक छेउमा लगभग २ कठा रहेकाे अैलानि जमिन दिन सहमति भएको र हाल १० धुरमा अस्थायी घर बनाई सारेको जानकारी दिए।

माटो फालेको भनिएको ठाउँ विष्णु महायज्ञ स्थल भएकाले मूर्ति राख्न जग बनाउन उक्त माटोलाई धार्मिक हिसाबले पवित्र मानिएको स्थानमै उपयोग गरिएको उनले प्रस्ट पारे।

यादवले भने, “माथि लगाइएको दलित उठिबासको आरोप सरासर झूठ हो। मलाई बदनाम गर्न योजनाबद्ध षड्यन्त्र गरिएको हो।

उनले सबै पत्रकारहरुलाई सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे। साथै उनले सामाजिक सद्भावमा खलल पुर्‍याउने भ्रमात्मक समाचार नलेख्न पनि सबैलाई सचेत गराए।मल्लिकको घर सराइ उनकै सहमतिमा भएको र कुनै पनि जातीय विभेद नभएको प्रमाणित भइसकेको छ। सांसदहरुलाई पनि गम्भीर भएर तथ्य बुझ्न र संसदको गरिमा कायम राख्न स्थानीयले सुझाव दिएका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]