सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै अंग्रेजी विषयको प्रश्नपत्र सिरहामा आउट भएको छ ।
परीक्षा सुरु भएको केहिबेरमै प्रश्नपत्र आउट भएको हो । प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन् ।परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ ।
यद्पी प्रश्नपत्र आउट भएको छ ।सिरहा जिल्लाभरी नै अंग्रेजी विषयको प्रश्नपत्र समाजिक संजाल मार्फत निजि विद्यालयहरुको हात हातमा पुगेको छ।





















