बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रौतहटको जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ६, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
 रौतहटको जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी
Rampam
3D Education Lahan

रौतहट -  रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलले जित हासिल गरेको छ । बुधवार सार्वजनिक भएको मत परिणाम अनुसार  नेविसंघले भारी मतान्तरले विजय हासिल गरेको हो । 

सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत प्राप्त गर्दै स्पष्ट जित निकाले । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत, भने अखिल (क्रान्तिकारी) का अजय पटेलले १७० मत प्राप्त गरे ।

सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेकपा समाजवादी पार्टी (एस) का शुभ श्रेष्ठले २३१ मत ल्याए, जसले अनेरास्ववियुसँग गठबन्धन गरी चुनाव लडेका थिए। अखिल (क्रान्तिकारी) की सुस्मिता घलानले १८७ मत पाइन् ।

कोषाध्यक्ष पदमा नेविसंघकै सम्झना कुमारी चौधरीले १ हजार १ सय ४८ मत प्राप्त गर्दै जित दर्ता गराइन्। निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २११ मत, भने अखिल (क्रान्तिकारी) की अनिषा चौधरीले १८१ मत पाइन् ।

सदस्य पदमा पनि नेविसंघले आफ्नो वर्चस्व कायम राख्दै विकास कुमार दास, आर्जु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रोजिना कुमारी काफ्ले, र सुशील कुमार प्रहरी विजयी भएका छन् ।

यस्तै समानुपातिकतर्फ सो क्याम्पसमा नेविसंघले ११२९, अनेरास्ववियुले २४१,समाजवादी विद्यार्थी युनियनले ९९ र अखिलले २०२ मत पाएको छ ।  निर्वाचन अधिकृत विनोद प्रसाद तिमल्सिनाका अनुसार २ हजार ९५४ मतदाता रहेकोमा १ हजार ६८७ मत खसेको थियो ।

यस पटकको निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]