काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ आजदेखि पुनः सुरु गर्दैछ। आज दिउँसो बाराबाट अभियान सुरु गर्न लागिएका माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज मातृका यादवले जानकारी दिए। 

अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका नेता आज दिउँसो बारा जाँदैछन्। अध्यक्ष अहिले चितवनमा हुनुहुन्छ नेता यादवले  भने चितवनबाट उहाँ सिधै बारा आउने कार्यक्रम छ। आज राति सिम्रौनगढमा बास बस्ने र भोलि बिहानैदेखि बारामा अभियान सञ्चालन गरिने छ।

फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहट पुगेपछि स्थगित भएको थियो।