धनुषा - धनुषाको कमला नगरपालिका -८  टेठामोरमा मंगलबार बेलुकी आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ।

टेठाबस्ने ७५ वर्षीय रामजि राई कुरमीको घरमा मंगलबार बेलुकी आगलागी हुँदा करिब रु २ लाख बराबरको धनमाल जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा जनप्रतिनिधि , प्रहरीको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।