सिरहा– सिराहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सनाखत बस्ने नक्कली बुवालाई प्रहरीले आज बेलुकी पक्राउ गरेको छ

पक्राउ पर्नेमा अमानत मिया रहेका छन् । भारत बिहार मधुवनी देउधाका मुस्ताकले  २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । सिरहा नरहा गाउँपालिका -  ३ बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर मुस्ताकलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता दिलाइएको खुलेको थियो ।

नरहाका एक स्थानीयले आज साँझ अमानत मियाँलाई पक्राउ गरी प्रहरीले लगेको बताए । यसैगरी वडाध्यक्ष अन्सारीको पनि प्रहरीले खोजी गरिरहेको छ ।भारतीय नागरिक मियाँले वडा अध्यक्ष अन्सारीलाई एक लाख भारु दिएर नागरिकताका लागि सिफारिस गराएको आरोप छ । यो विषय केही अघि जसपा नेपालका उपाध्यक्ष राज किशोर यादवले समेत संसदमा  उठाएका थिए ।