बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ५, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद
Rampam
3D Education Lahan

अजय मिश्रा

कृष्णनगर, चैत्र ५ - भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ । 

कपडा,चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको छ ।

कृष्णनगर सशस्त्र प्रहरीले सूचनाको आधारमा भारतबाट नेपाल ल्याइएको चुरोट  लु.२ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीमा फेला पारेको हो । बरामद चुरोटबारे चालक र सहचालकले अनभिज्ञता जनाएका छन् ।

अवैध चुरोट आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]