धनुषा - श्री सदगुरु कबीर स्थान जगह सबैला निजी आश्रम निवास सबैलाले मिथला माध्यमिका परिक्रमा यात्रुहरुलाई नि: शुल्क खाना खुवाएको छ।

१५ दिने माहा कुम्भ तिर्थ यात्रामा सहभागी भएका गत २५ गते साधु ,संन्त ,महन्त श्रद्धालु भक्तजनहरुलाई नि: शुल्क भोजन खाना ,एवम नास्ताको व्यवस्था गरिएको थियो। साथै संस्थाले परिक्रमा यात्रीहतुलाई खाना खुवाई गरी बिदाई गरेको छन।

नास्तामा चिउरा ,मुर्ही,दाल्बुट, मिठा वितरन गरेका थिए भने  भोजनमा चुरा दही तरकारी खुवाएको थियो। खाना वितरण कार्यमा स्थानीय साधु ,माहात्यमा ,अगुवा साहेब  संत समाजहरु सहभगी भएको थियो।

कार्यक्रम सहभागी एक आपसमा फागु पुर्णिामाको अवसरमा शुभकामना अदान प्रदान समेत गरेको थियो।

सदगुरु कबीर अस्थान जगह सबैलाको संस्थापक पुजनिय  माहात्यमा  स्वर्गिय सतलोक बासी छेदी दास (साहेब) गर्नु भएको थियो । स्व. दासले सदगुरु कबिर साहेबको विचार, उपदेश ,वानी ,वचन ,भजन ,प्रचार र साधु ,संत समाज लाई सम्लेन गरी धीर्मिक कार्य जस्तै सप्ताहिक,मासिक वार्षिक २५ वर्ष रामनवमी २४ बर्ष कबीर जयन्ती लगाएर संघ ,संस्था ,र साधु समाज लाई बोलाएर २ दिने कार्यक्रम गर्दै आईरहेको छ।

मलेसिया बस्दै आएका संस्थाका संचालक तथा उतरा अधिकारी माहात्यमा शिब कुमार दास (साहेब) अन्तराष्ट्रिय स्तरमा समाजिक र धार्मिक क्षेत्रमा साथ सहयोग गर्दै आईरहेकोको छ।

श्री सगगुरु कबीर अस्थान ,जगह सबैला निजी आश्रम निवासको अहिलेको सम्पूर्ण काम काज माई साहेब मानो दासिनले गर्दै आईरहेकी छन |

कार्यक्रममा दान गरिएका दाताहरुको नामावली।

(१) माहात्यमा शिब कुमार दास साहेब (२) श्री राम नरायन साह साहेब (३) श्री दामोदर मुखिया (४) श्री डोमा राई कुर्मी (५) श्री ईन्द्र कुमार पासमान (६) श्री बच्चु राउत गरेरी