रौतहट । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो ।
तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मुस्लिमबिच धार्मिक सद्भाव भाँड्न खोज्ने ३ जना नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको एसपी घिमिरेले जानकारी दिए ।

















