बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

करेन्ट लागेर सिराहामा एक जनाको मृत्यु

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
करेन्ट लागेर सिराहामा एक जनाको मृत्यु
Rampam
3D Education Lahan

विनोद मण्डल

सिराहा, चैत्र २ - नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण सिराहा जिल्लाको धनगढीमाई नगरपालिका-१३, ढुंगाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडकाको मृत्यु भएको छ । खड्काको घर अगाडिबाट गएको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै ज्यान गएको हो ।

स्थानीयका अनुसार पूर्व-पश्चिम राजमार्गको जिरोमाईल चौकबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको खड्काको घर अगाडि तार चुँडिएको थियो । उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्दार हुन सकेन । नेपाल विद्युत प्राधिकरण  लाहानले लामो समयसम्म लाइन नकटाएका कारण उनलाई बचाउन सकिएन ।

घटनास्थलमा सूचना प्राप्त भएको करिब १८ मिनेटपछि इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीका प्रहरी पुगे पनि लाहानबाट थप प्रहरी टोली पुग्न दुई घण्टा लागेको थियो । प्रहरी पुगेपछि चार घण्टाको अनुसन्धानपछि मात्र नेपाल विद्युत प्राधिकरण लाहान शाखाका प्रतिनिधि घटनास्थलमा आएका थिए । राति २:१८ बजे मात्र शवलाई पोस्टमार्टमका लागि लाहान अस्पताल लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृतक हेम खड्का ट्यांकर चालक थिए । केही वर्षअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी पाँच वर्षीय छोरीको अभिभावक बनेर जीवनयापन गरिरहेका थिए । उनको असामयिक निधनपछि छोरी अनाथ बनेकी छिन ।

नेपाल विद्युत प्राधिकरण लाहान शाखाले ११ हजार भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको स्थानीयको आरोप छ । यसअघि पनि पटक-पटक तार चुँडिएर साना दुर्घटना भएका थिए, तर प्राधिकरणले त्यसलाई बेवास्ता गरेको गुनासो छ ।

स्थानीय बासिन्दाले ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको र हतारमा तार तान्दा यस्ता दुर्घटना दोहोरिएको आरोप लगाएका छन् । उनीहरूले विद्युत प्राधिकरणलाई तत्काल प्रभावकारी उपाय अपनाउन माग गरेका छन्, ताकि यस्ता घटनाले फेरि कसैको ज्यान नलियोस् । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]