रामएकवाल राम

दोहा :- मधेश प्रदेश समन्वय परिषद कतारको आयोजनामा शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रम गर्ने भएको छ । 

ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसर पारेर आगामी २३ मार्च आईतवार दिनको २ बजेबाट उक्त कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष मोहम्मद नियाज शेखले बालासुन्दरी खबरलाई बताउनु भयो ।

दोहा स्थित मुन्ताजामा रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधिहरु नेपाली दाजुभाई - दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी संस्थाका उपाध्यक्ष दुर्गानन्द पासवानले अनुरोध गर्नुभएको छ ।