सिरहा । सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालयबाट एक जना थुनुवा फरार भएका छन् ।फरार हुनेमा अर्नमा गाउँपालिकाका असलम मन्सुरी रहेको प्रहरीले जनाएको छ।
आज साँझ असलम फरार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार असलम अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।
प्रहरी हिरासतबाटै थुनुवा असलम कसरी फरार भएको विषयमा डिएसपी पासवानले खुलाउन चाहेनन् । उनले भने अहिले हामी खोजी रहेका छौं । कसरी भाग्यो भन्ने कुरा पछि भनौला।

















