सप्तरी - सप्तरीको सुरुङा नगरपालिका - ४ को आर्थिक सहयोगमा जन चेतना दलित संगमको आयोजनामा हरवा चरवा तथा दलित सामुदायको क्षमता विकासको लागी २ दिने  नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि तालिम संचालन भएको छ ।

फाल्गुन २७ र २८ गते हरवा चरवा जन संगठनका अगुवाहरुलाई हरवा चरवाको  लगत संकलन, पहिचान , परिचय पत्र वितरणका लागी मधेश प्रदेश सरकार द्धारा प्रस्तावित कार्यविधिी बारे जानकारी गराउने , अगुवा कार्यकर्ताहरुको नेतृत्व गर्ने क्षमता अभिबृद्धि गर्न , स्थानिय सरकार द्धारा लक्षित सामुदायलाई प्रबाह गर्ने सेवासुविधामा पहुँच वढाउन तथा कानुनी प्रकृया बारे जानकारी गराउन र हरवा चरवाको पुर्नस्थापनाका लागी थप सशतmरुपमा अभियानलाई अगाडी वढाउनको निम्ती अगुवाहरुको क्षमता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरीएको जन चेतना दलित संगमका निर्देशक ईन्द्र रामले जानकारी गराउनु भयो ।

तालिमको उदघाटन सत्रमा सुरुङ्गा न.पा.वडा नं.४ का वडा अध्यक्षले देबेन्द्र प्रसाद चौधरीले मन्तव्यको क्रममा दलित र महिला प्रति विभेद रहेको छ । सुरुङ्गा न.पा.मा वडा नं.१ मा ७ घर भुमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरे पनि अहिले सम्म अरु वडामा खासै भुमिहिन सुकुम्बासीलाई बेबास्ता गरेको छ । म पहिलो र दोस्रो कार्यकाल भए पनि नियमित रुपमा हरवा चरवाको क्षमता अभिबृद्धिको रुपमा वर्षेनी १ लाखका दरले विनियोजन गरीदै आएका छौ ।

निरन्तर दलित र हरवा चरवा, महिला र बालबालिकाहरुको पक्षमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।  प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार पासमान ज्युले मनत्व्यकोक्रममा दलित संगठित नहुदा सरकारले दिएको कतिपय सेवासुविधाहरु बाट बंचित हुनु परेको छ । जव सम्म शिक्षामा पहुँच हुदैन तव सम्म अधिकार प्राप्ती गर्न सकिदैन र दलितको मुतिm असम्भव हुन्छ त्यस कारण बालबालिकाको शिक्षा जोड दिनु आवश्कय देखीन्छ ।

सिरहा नवराजपुरको घटना लगायत अन्य घटनाहरुको उदाहरण सहित प्रष्टयाउनु भयो । २ दिन संचालन यो तालिममा नगरपालिकाले रु. १ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । तालिमको अन्तिम सहभागीहरु द्धारा हरवा चरवाको पुर्नस्थापनाको लागी स्थानिय सरकारलाई दवाव सिर्जनाको लागी लागी सामुहिक रुपमा कार्ययोजना समेत तयार गरीएका छन ।

जन चेतना दलित संगमका अध्यक्ष राम लखन रामको अध्यक्षता र सुरुङ्गा न.पा.का प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार पासमानको प्रमुख अतिथित्वमा कार्यक्रम संचालन भयो ।

विशिष्ठ अतिथिहरुमा वडा अध्यक्ष देबेन्द्र प्रसाद चौधरी , कार्यपालिका सदस्य हिरा कुमारी चौधरी , वडा सदस्य मानो देबी सदा, वडा सदस्य हरीलाल चौधरी , वडा सदस्य तुलाराम चौधरी , हरवा चरवा मंचका जिल्ला अध्यक्ष देव लाल राम, नगर अध्यक्ष शोभित राम, सेती देबी वन उपभोगता समुहका अध्यक्ष विन्देश्वर राम, संगमका कार्य समितिका पद्धाधिकारी , हरवा चरवा जन संगठनका अगुवा , पत्रकार गरी कुल ४६ जनाको सहभागीता हरकेको थियो । तालिमको प्रशिक्षण मणि लाल विश्वकर्मा र ईन्द्र रामले गर्नु भएको थियो । कार्यक्रमको संचालन प्रेम विश्वकर्माले गर्नु भएको थियो ।