लहान - सिराहाको नवराजपुर गाउँपालिका २ मझौरा निवासी जगजिवान राम पुस्तौँदेखि बस्दै आएको जग्गाबाट उठिवास भएका छन्। घर भत्काइएपछि उनी हाल बासविहीन अवस्थामा छन्। उनले जग्गाधनी बरेलाको पुर्खा सङ मयामोहको हिसाबले कागजी सम्झौता अनुसार जग्गामा बास दिएका थिए । पुस्तै देखि बस्दै अएका रामलाइ जबरजस्ती खाली गराएको गुनासो गरेका छन् ।
रामले एक विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष सुरेश यादवसहित स्थानीय निकायले आफूलाई सहयोग नगरेको आरोप लगाएका छन्। उनले भने, "वडा अध्यक्ष यादवले मलाई भोट नदिएको भन्दै भेदभाव गरेका छन्। मेरो घर तोडफोड र लुटपाट गरियो, तर कुनै न्याय पाइएन।" भने कुरा पीडित रामले सुनाए ।
पीडित रामले सम्बन्धित निकायसँग पुनःस्थापनाको माग गरेका छन्। तर, अहिलेसम्म स्थानीय प्रशासन र अन्य सरोकारवालाबाट कुनै पहल नभएको बताइएको छ।

















