सिरहा । होली पर्वलाई सम्भ, मर्यादित र शान्तिपूर्ण बनाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले अपिल जारी गरेको छ ।
यसवर्ष तराई मधेशमा चैत १ गते शुक्रवार होली मनाइँदैछ । होली पर्वको दिन अनेक खालका विकृति देखिने गरेका कारण प्रहरीले सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अपिल गरेको हो ।
सिरहा प्रहरीले अपरिचित मानिसले दिएको खानेकुरा नखान, महँगा गरगहना लगाई होली नखेल्न, इच्छाविपरित कसैलाई रंग नलगाउन, पर्वको नाममा लागुऔषधसहितका नशालु पदार्थ सेवन नगर्नसहितका सुझाव दिएको छ ।
हेर्नुहोस् सिरहा प्रहरीको अपिल :


















