धनुषा - १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको अन्तिम स्थल विशौल पुग्ने भएको छ ।
मंगलबार करुणा पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि विशौलका लागि प्रस्थान गरेका छन् । विशौल भारतमा पर्ने परिक्रमाको अन्तिम स्थल हो ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १४ औं दिन करुणा पुगेको थियो भने आज १४औं दिन विशौलमा रात्री विश्राम गर्नेछन् ।आज विशौलमा विशेष मेला आयोजना गरिएको छ ।
परिक्रमालाईमध्येजनर गर्दै विशौलमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । विशौलमा आज धुमधामका साथ परक्रमाका यात्रुहरुसंग होली खेल्ने गरिन्छ ।

















