काठमाडौ - नेपाल अर्थोपैडिक संघको आयोजनामा भएको सम्मेलनमा प्रोफेसर डाक्टर पशुपति चौधरी PRESTIGIOUS ASHUMA AWARD द्वारा सम्मानित भएकोछ।

बिरगंजमा भएको उक्त सम्मेलनमा अर्थोपैडिकहरु लाई संघका पदाधिकारी हरुले सम्मान साथ ASHUMA AWARD अवार्ड प्रदान गरिएकोछ। प्रोफेसर डाक्टर पशुपति चौधरी अर्थोपैडिक बिभागका एक चर्चित र सफल डाक्टरको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन।

वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समय देखि आफ्नो सेवा प्रदान गर्दै आएका डाक्टर चौधरी लाखौं बिरामी ओपिडीमा चेक जाच गर्नुको साथै हजारौं बिरामी लाई अप्रेसनको माध्यमले स्वास्थ्य बनाउन सक्नु भएकोछ। डाक्टर चौधरी दुई पटक राष्ट्रपति विदादेवी भण्डारी बाट बिभुषित हुनुको साथै दर्जन भन्दा अधिक AWARD हरु पाएका छन।

डाक्टर चौधरी पेशुबुकमा लेखेका छन अवार्ड पाउनलाई त काम गरिने होइन तर काम गर्दै गए पछि recognition अबस्य पाइन्छ थुप्रै सामाजिक,  धार्मिक,  सांस्कृतिक अवार्ड हरू पाए सम्मानित राष्ट्रपति बाट दुई दुई पटक  विभुषित भए। 

तर आफ्नै Orthopedic fraternity बाट अवार्ड का लागि योग्य सम्झी आफनै अर्थोपैडिक गुरूबर्ग,शिक्षक, अग्रज, साथीभाई,  शुभचिन्तक एंवम शुभेच्छुकको बीच सम्मानित( ASHUMA AWARD) हुदा गौरवान्वित महसुस एंवम आत्मबिभोर भएको छु।

हाल प्रोफेसर डाक्टर चौधरी एक बर्षा देखि मधेस प्रदेश राजविराज अवस्थीत रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासन तर्फ अध्यक्ष पदमा कार्यरत रहदै सेवा प्रदान गर्दै आएकोछ।