रामएकवाल राम

दोहा– गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार तथा दोहामा स्थापित विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा वृहत् ईफतार कार्यक्रम सप्पन्न गरेको छ।

ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा शुभकामना अदान प्रदान तथा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको हो।

संघका अध्यक्ष रमेश भट्टको सभापतित्वमा तथा कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईस्लामिक धर्मावलम्बीका  मौलानाहरु विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ईस्लामिक धर्म गुरु मौलानाबाट कुरान पाठ गर्नुका साथै राष्ट्रिय गानसँगै औपचारिकता दिइएको कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाहरुले रमजानको बारेमा प्रवचन दिएका थिए भने ईस्लाम धर्मावलम्बीहरूको रोजा, व्रत उपवास तथा ईस्लाम धर्म र महत्वका बारेमा प्रष्ट पार्दै रोजा राख्ने वर्तालुहरुले विभिन्न परिकार सहित इफ्तार (रोजा/ व्रत) खोलेका थिए।

कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालको विभिन्न धर्म र समुदायहरुको बीच रहेको  भाईचाराको सम्बन्धलाई थप मजबुद बनाउन मदत पुग्ने बताउदै ईस्लामिक क्यालेन्डरको नवौ महिना अर्थात यस पवित्र महिना रमजानको शुभकामना अदान प्रदान गरेका थिए।

संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव रविन मगरले सहजीकरण गरेको थियो।

रोजा पुस्तक विमोचन

प्रोफेसर मैलाना मोहम्मद रमजान अलि मियाँद्वारा लिखित ४१औं पुस्तक 'रोजा'को प्रि-विमोचन गरिएको छ । उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्षसहित कार्यक्रमका विशिष्ट व्यक्तित्वहरूले विमोचन गरेका थिए । उक्त पुस्तकमा रोजाको परिचय, इतिहास र महत्वबारे प्रकाश पारिएको छ । २ सय बढी पृष्ठ रहेको उक्त पुस्तकले रोजासम्बन्धी महत्त्वपूर्ण विषयहरू उजागर गरेको लेखक मियाँले बताए । पुस्तक रोजा उपवास र व्रतसँग पनि सम्बन्धित रहेको हुँदा इस्लाम धर्मावलम्बीबाहेक आम पाठकका लागि पनि पठनीय रहेको छ ।

1741363061_5