बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रिंकु सदा प्रकरण : वडा सदस्य साह सहित थप चार जना पक्राउ

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
रिंकु सदा प्रकरण : वडा सदस्य साह सहित थप चार जना पक्राउ
Rampam
3D Education Lahan

सिराहा :- सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन।

सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो।नाम नखुलेका व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गरेको मध्येका राम विनय मण्डलको बुवा रहेको बुझिएको छ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहितका व्यक्तिहरू पक्राउ परेको पुष्टि गरे । उनले भने पक्राउ परेकाहरूलाई अहिले कार्यालयमा ल्याइसकिएको छैन । आएपछि आजै पत्रकार सम्मेलन मार्फत विस्तृत विवरण दिन्छौ।

गत माघ २७ मा शौच गर्न बाहिर निस्केको बेला रिंकुलाई तीन जनाले अपहरण गरेर सामूहिक बलात्कार गरेको थियो । उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिए । पञ्चायत बसेको केहि घण्टामै माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन।

ईलाका प्रहरी कार्यालयले सुरुमा बलात्कार आरोपी तीन जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो । तर सामूहिक बलात्कारको रहस्य खुलेपछि पूरक उजुरी परेको छ ।

पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको छ ।

जाहेरी परेकामध्ये बलात्कारका मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेका छन् । यसबाहेक उजुरी परेका तीनजना अझै फरार छन् ।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]