रामएकवाल राम

दोहा :- ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमाजानको पावन  अवसरमा सदाका वर्षहरु झैँ यसबर्ष पनि बृहत इफ्तार कार्यक्रम हुने भएको छ ।

शुक्रबार सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा दिउँसो २ बजे देखि गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार तथा दोहामा स्थापित विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा वृहत् ईफतार कार्यक्रम हुने भएको छ।

धार्मिक तथा समाजिक सद्भाव भाईचाराको लागि सबै धर्म समुदायको चाडपर्व मिलेर मनाउनु पर्छ भन्ने अनुरुप अन्य चाडावाड सङ्गै मुस्लिम समुदायको पवित्र महिना रमजानको रोजा राख्ने वर्तालुहरुको लागि वृहत् ईफतार कार्यक्रमको आयोजना गर्ने गरिएको हो।

संघका अध्यक्ष रमेश भट्टले कार्यक्रम सफल पार्नको निमित्त कतारमा श्रम, व्यवसाय तथा दोहामा बसोबास गर्ने  सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा उपस्थितको लागि निमन्त्रणा सहित अनुरोध गरेका छन।