सितल साह

सिरहा - जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

बैठकमा विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको थियो। विशेषगरी भूमि सम्बन्धी अध्यादेश, विभागमा नयाँ सदस्य थप्ने र वन, वातावरण तथा विपद् व्यवस्थापन नीतिको सम्बन्धमा छलफल गरी निर्णय पारित गरिएको छ। यस अवसरमा सहभागी नेताहरूले नेपालको पर्यावरणीय संकट र विपद् व्यवस्थापनमा सुधार ल्याउनका लागि ठोस कदम चाल्नु आवश्यक रहेकोमा जोड दिएका छन्।

बैठकमा भूमि सम्बन्धी अध्यादेशको प्रभाव र यसका सम्भावित असरहरूको विषयमा गहन छलफल भएको थियो। साथै, जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागलाई अझ प्रभावकारी बनाउन नयाँ सदस्यहरूलाई समावेश गर्ने निर्णय गरियो।