जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न
सितल साह
सिरहा - जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
बैठकमा विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको थियो। विशेषगरी भूमि सम्बन्धी अध्यादेश, विभागमा नयाँ सदस्य थप्ने र वन, वातावरण तथा विपद् व्यवस्थापन नीतिको सम्बन्धमा छलफल गरी निर्णय पारित गरिएको छ। यस अवसरमा सहभागी नेताहरूले नेपालको पर्यावरणीय संकट र विपद् व्यवस्थापनमा सुधार ल्याउनका लागि ठोस कदम चाल्नु आवश्यक रहेकोमा जोड दिएका छन्।
बैठकमा भूमि सम्बन्धी अध्यादेशको प्रभाव र यसका सम्भावित असरहरूको विषयमा गहन छलफल भएको थियो। साथै, जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागलाई अझ प्रभावकारी बनाउन नयाँ सदस्यहरूलाई समावेश गर्ने निर्णय गरियो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्