दोहा :- कतारमा ( विहिबार) भोलिदेखि तापक्रममा उल्लेखनिय वृद्धि हुने कतारको मौसम विभागले जनाएको छ।
विभागले जारी गरेको रिपोर्ट अनुसार हाललाई गर्मी हप्ताको अन्त्य सम्म रहनेछ। यसअवधिमा देशको केही स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।
त्यसपछि उत्तरपश्चिमी वायुको प्रभावका कारण महिनाको बिचदेखि गर्मी क्रमश बढ्दै जानेछ। विभागको पुरानो रेकर्ड अनुसार मार्च महिनामा सामान्यतया उच्च तापक्रम २१ डिग्री रहको छ । सन् १९९८ मा भने मार्च महिनामा तापक्रम ३९ डिग्री सेल्सियस सम्म पुगेको थियो ।


















