बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गाडी दुरुपयोग गरेको विषयमा स्टाटस लेख्दा पत्रकारलाईले घरबाटै उठाउने नगरप्रमुखको धम्की

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २१, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गाडी दुरुपयोग गरेको विषयमा  स्टाटस लेख्दा पत्रकारलाईले घरबाटै उठाउने  नगरप्रमुखको धम्की
Rampam
3D Education Lahan

उदयपुर - उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले  पत्रकार दिनेश शर्मालाई धम्की दिएका छन् ।गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै मेयर कार्कीले पत्रकार शर्मालाई ‘घरैबाट उठाउने’ धम्की दिएका हुन् ।
नगरप्रमुख कार्कीले बुधबार विहान फोनबाट तँलाई घरबाट उठाउँछु भनी धम्की दिएको पत्रकार शर्माले बताए ।तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु,तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु।’ भनी मेयर कार्कीले धम्काएको पत्रकार शर्माले जानकारी दिए ।
नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको विषयमा आफ्नो  ‘दिनेश शर्म्मा’ नामको फेसवुक आईडीमा फोटोसहित स्ट्याटस लेखेको विषयमा उनले यसरी धम्की दिएको पत्रकार शर्माले बताए ।
मंगलबार विहान करिव ८ बजे उनकी श्रीमती टीका कट्वाल सब्जी किन्न उदयपुरबाट मेयरको गाडी लिएर सप्तरीको फत्तेपुर पुगेकी थिईन। उनी त्यहाँबाट दुई मुठा रायोको साग, एक पवा अदुवा र कागती किनेर फर्किएकी थिईन। सोही फोटो फेसबुकमा हालेको विषयमा उनले यसरी आक्रोश पोख्दै धम्की दिएको पत्रकार शर्माले  बताए ।
श्रीमतीको नाम जोडेको भन्दै मेयर कार्कीले आपत्ति समेत व्यक्त गरे ।उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेले सरकारी गाडी प्रयोगको विषयमा हरेक स्थानीय तहलाई सर्कुलर नै जारी गरिएको र गाडी दुरुपयोग भएको विषयमा सवैले आवाज उठाउन पाईने वताए। यद्यपी गाडी दुरुपयोग भएको र ‘उठाउँछु’ भनेको विषयमा आफुले मेयरसँग कुरा गर्ने बताए।
बेलका नगरपालिकाका मेयर कार्कीले फत्तेपुर चौकीमा  बोलाउँदा पत्रकार शर्मा आउन नमानेपछि सम्बन्धित निकायबाट सहयोग लिएर घरबाट उठाउने भनेको स्वीकार गरे । पत्रकारको बचाउँ गर्नुभन्दा प्रहरी चौकी फत्तेपुरका सइ र  पत्रकार शर्मासंग यथार्थ कुरा बुझ्नु भन्दै उनले कसैको व्यक्तिगत चरीत्रमाथी नै ठेस पुग्ने गरि  सामाजिक संजालमा लेख्नु  अशोभनीय भएको टिप्पणी गरे ।
 पत्रकार शर्मालाई ‘घरबाटै उठाउने’ धम्की दिने मेयर कार्की नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । पछिल्लो समय सेवाग्राहीहरुले मेयर कार्कीको कार्यसम्पादनमा प्रश्न उठाउँदै सामाजिक सञ्जालमा मार्फत चर्को आलोचना गरेका छन् । 
Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]