काठमाडौं । अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनाए । केएल राहुल ४२ रनमा अविजित रहे ।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर ट्राभिस हेडले ३९ रन बनाए ।