बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

प्रवासी नेपाली मञ्च कतारद्वारा स्व. झवीन्द्र आचार्यको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन २०, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रवासी नेपाली मञ्च कतारद्वारा स्व. झवीन्द्र आचार्यको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न
Rampam
3D Education Lahan

दोहा : प्रवासी नेपाली मञ्च कतारले स्व. झवीन्द्र आचार्यको १३ औं पुण्य तिथिमा श्रद्धान्जली सभागरि सोमबार  शोक मनाएको छ ।  

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको उद्योग तथा वाणिज्य विभागका सदस्य,गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सह-कोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष एवम कतारका विभिन्न संघ संस्थामा आबद्ध रहनुभई सामाजिक कृयाकलापमा कृयासिल, व्यवसायी एवम सहयोगी व्यक्तित्व झबिन्द्र आचार्यको १३ दिन अगि सडक दुर्घटनामा परि मृत्यु भएको थियो । 

सभामा उपस्थित करिव ५० भन्दा बढिले स्व. आचार्यको सम्झना गर्दै मौनधारण गरिएको थियो  ।श्रद्धान्जली सभामा मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल, मञ्च कतारका संस्थापक अध्यक्ष 

मध्यपूर्व कमिटी इन्चार्ज कमलमणि गुरागाईं,एन आर एनए  तथा संघ सस्था विभाग सदस्य मध्यपुर्व केवि हमाल, मध्यपूर्व कमिटी सदस्य चानीलाल राजबंसी, मञ्च अन्तर्राष्ट्रियका आर्थिक बिभाग सदस्य भेषराज पराजुली, मध्यपुर्व सल्लाहाकार परिषद सचिव तेज कटुवाल, निबर्तमान अध्यक्ष प्रभात त्रिपाठी,सल्लाहकार कमिटी सचिव गोबिन्द सुबेदी, जिफन्ट सपोर्ट समुह दोहा कतारका अध्यक्ष समुन्द्र खड्का,पाँच नम्बर नगर कमिटी अध्यक्ष गुमान सिंह खत्री लगायतको मन्तव्य रहेको थियो । 

मन्तव्यको क्रममा, कर्तव्य निष्ठ, मेहनती, शाालिन भद्र, सामाजिक अभियान्ता स्वर्गीय नेता आचार्यको निधनले मञ्च स्तव्ध भएको बताउँदै उनले अंगालेका राम्रा कार्यको सदैब मूल्यांकन गर्ने बताए । स्व. झवीन्द्र आचार्यको ३९ बर्षको कलिलै उमेरमा भएको दु:खद मृत्युले दोहाको नेपाली समाज अत्यन्तै दु:खद रहेको र आचार्यले दिएको योगदानको उच्च कदर गर्दै स्व. झवीन्द्र आचार्यको चिर शान्तिको कामना सहित वैकुण्ठबासको लागि भगवानसंग प्रार्थना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको बताए । 

साथै उहांका सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्क्षुक तथा इस्टमित्रहरुमा ईश्वरले शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्ने कामनाका गरिएको थियो ।स्व. आचार्यको जिवनि सहित कर्मथलो कतारमा  सामाजिक, तथा संस्थागत रुपमा दिएको योगदानको  बारेमा मन्चका उपाध्यक्ष भिम बहादुर तरामु मगरले प्रष्ट पार्दै आचार्यको निधनले दोहाको नेपाली समाज तथा मञ्च स्तव्ध भएको बताए । 

सोमबार,सनैया प्लाजामा अवस्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको शोक सभामा मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षता सचीव शेषराज तिमिल्सिनाले कार्यक्रमको सहजिकरण गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]