राजविराज नगरपालिका - ९ मलेठ्स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरबाट सामन बरामद भएको हो ।घरमा लगाइएको ताला प्रहरीले तोडेपछि ठूलो मात्रामा गाँजा बरामद भएको छ । साथै स्याउ, चिनी, सुर्तीसहितका ठूलो मात्रामा सामान बरामद भएको छ।
अहिले उक्त घरमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल, सशस्त्र र अनुसन्धानका कर्मचारी यहाँ खटिएका छन् । तस्कर र तस्करीको विषमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालको जानकारी दिए ।




















