जनकपुरधाम:- मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमा आज विहान महोत्तरीको जलेश्वर आई पुगेको छ। सो परिक्रमाका यात्रीहरुको लागी महोत्तरी समाज सेवा नेपाल कतारले विभिन्न ठाउँमा नि: शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।
समाजले पन्ध्र दिने परिक्रमा पाल्नु हुने साधु शन्त श्रदालु भक्तजन तथा यात्रुहरुको लागि महोत्तरीको जलेश्वरमा सोमबार मडईमा मङ्गलबार धुरुबकुण्डमा बुधबार र कंचनवनमा विहिबार नि: शुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेको महोत्तरी समाज सेवा कतारका अध्यक्ष रामहृदय साहले जानकारी दिए।
फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको छ ।परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता हुनेभएकाले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ।




















