बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १७, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीनजना सम्पर्कविहीन
Rampam
3D Education Lahan

सप्तरी। महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाई सम्पर्कविहीन भएको सात दिन भइसकेको छ ।

सप्तरीको महादेवा गाउँपालिका-६ ढिकुलीका वर्ष ६५ का उमाकान्त झा र उहाँका ६८ वर्षीया दिदी इन्दिरादेवी झा फागुन ११ गतेदेखि काशी विश्वनाथबाट सम्पर्कविहीन भएको उमाकान्त झाका छोरा दुर्गानन्द झाले जानकारी दिनुभयो ।

महदेवा गाउँपालिका मंसापुरबाट आमाबुबा, फुपूसहित ३५ जनाको समूहमा गत शनिबार महाकुम्भ स्नानका लागि भारत तर्फ गएका थिए । आइतबार काशी विश्वनाथको दर्शनका लागि लाइनमा लागेको बेला लाइनबाटै उहाँहरु सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविही व्यक्तिहरुलाई उहाँहरुसँग गएका  साथीहरुले खोजी गरेपनि कुनै पत्ता  नलागेपछि उनीहरू महाकुम्भस्नान गरेर फर्किसकेका छन्  ।

दुर्गानन्द झाले भन्नुभयो, ‘‘बुवा र फुपुको सामान सबै बसमै छ । उहाँहरुसँग लगाएको लुगा बाहेक केही छैन । उहाँहरुको फोन नम्बर पनि थाहा छैन । कसरी आउनुहुन्छ भन्ने चिन्तालागेको छ ।’’

बुवा र फुपूको खोजीका लागि सबै पक्षसँग सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ ।

यसअघि राजविराज नगरपालिका वडा नम्बर ७ हटियाका वीरेन्द्रकुमार साहका २० वर्षीया छोरी रोशनी कुमारी साह भारतको उत्तरप्रदेशको अयोध्याको राममन्दिरबाट सम्पर्कविहीन भएको १४ दिन बितिसक्दा समेत फेला पर्न सक्नुभएको छैन ।

परिवारकासहित महाकुम्भ स्नानका लागि फागुन ३ गते राममन्दिर दर्शन गरेर फर्किदै गर्दा रोशनी सम्पर्कविहीन हुनुभएको थियो ।

परिवारले अयोध्यामा बसेर निरन्तर खोजी गरिरहँदा समेत सम्पर्क हुन सकेको छैन । छोरीको खोजका लागि परिवारले सबै पक्षसँग आग्रह गर्दै आएका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]