काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय उपेन्द्र यादवले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन।
विविधतामा एकता नै हाम्रो पहिचान र विशिष्टता भएकोले हाम्रो मौलिक चाडपर्वले परम्परालाई जिवन्त राख्दै ल्याल्पो ल्होसारले पारस्परिक एकता सद्भाव र भातृत्वको अभिवृद्धि गर्ने र यस पर्वले वृहत् राष्ट्रिय एकतालाई थप समृद्ध बनाउने विश्वास लिएका छन।
शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउने ग्याल्पो ल्होसारले एकापसमा सहयोग, सामाजिक सहिष्णुता तथा आर्थिक प्रगति कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।


















